चार मुक्तक : कुमार खड्का

चार मुक्तक : कुमार खड्का

कपन अनलाइन
काठमाडौँ, साउन १७।
समस्या, अरुको अस्तित्व स्विकार्न नसक्नु हो
माया गर्छु भन्दाभन्दै थोरै हार्न नसक्नु हो
सामान्य गर्जनलाई आकाश खसे जस्तो सोचे,
एथार्थमा प्राप्तिको फल हातपार्न नसक्नु हो ।

अरुको रिमोट बनेपछि परजीवीभै चल्नु पर्छ
दोश्रोको बुद्धि विवेकले इसारामै ढल्नु पर्छ
स्वीकृति र अस्विकृति हुन्न विवेक शून्यतामा,
झुक्किएर बटन दब्दा अकारणमै जल्नु पर्छ ।

दुविधाका दुई किनारा चाहले संयोजन हुदैन
समताको मस्यौदामा समानता नियोजन हुदैन
इसाराको प्रयोग वेस बेजोडको गर्जन् भन्दा,
दृढताको संकल्पमा मायाको बियोजन हुदैन ।

विवेकिलाई जन्मभूमि भावनाको सहर हुन्छ
मुस्किलमा सबैबाट माया पाउने रहर हुन्छ
दर्पण छ्दै पानी छाया किन हेर्ने जानाजानै ?
माया, प्रेमको सम्बन्धमा धोकाबाजि जहर हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।