बुढानिलकण्ठ नगरपालिका वडा-९ मा उद्घोषण कला तथा माइन्युट लेखन तालीम सम्पन्न
कपन अनलाइन
काठमाडौं,असार १८ ।
बुढानिलकण्ठ नगरपालिका वडा -९ मा उद्घोषण कला तथा माइन्युट लेखन तालीम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -९ को आयोजनामा भएको उक्त १० दिने तालिमको असार १८ गते समापन भएको हो।
बुढानिलकण्ठ वडा -९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पान्डेको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा सहभागीहरुलाइ प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो।
सो समापन कार्यक्रममा वडा सदस्यहरु रमेश गौतम, श्याम कार्की र सुनिता सिवा तथा वडा सचिव अर्जुन खड्का लगायतको उपस्थिति रहेको थियो।
सो तालीममा उद्घोषण कलाका शैदान्तिक सीप तथा प्रयोगात्मक पक्षहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।
