बुढानिलकण्ठ नगरपालिकाको अबलोकन भ्रमणमा SWISS Help Desk प्रतिनिधि सब्रिना वुर्म्ली
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
SWISS Help Desk प्रतिनिधि सब्रिना वुर्म्ली ले HELVETAS नेपालद्वारा सञ्चालित ENSSURE परियोजना अन्तर्गतको “Green Skill” कार्यक्रमको प्रगति अवलोकन भ्रमण गरेकी छन ।
भ्रमणका क्रममा उनले नगरपालिकाका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्दै परियोजनाको उपलब्धि र चुनौतीबारे जानकारी लिएकी थिइन्।
HELVETAS नेपालद्वारा सञ्चालित र स्वीस सरकारको सहयोगमा संचालित ENSSURE (Enhanced Skills for Sustainable and Rewarding Employment) परियोजना अन्तर्गत बुढानीलकण्ठमा विभिन्न वातावरणमैत्री पहलहरू सञ्चालनमा छन्, जसमध्ये प्रमुख हुन्:
-
वातावरणीय शिक्षा स्थानीय पाठ्यक्रममा समावेश
-
नगरपालिकाको भवन परिसर र अन्य स्थानहरूमा वर्षा पानी संकलन प्रणाली (Rainwater Harvesting)
-
वातावरणीय दिगोपनमा आधारित सार्वजनिक–निजी साझेदारी (PPT) मोडेलको सफल कार्यान्वयन
नगरप्रमुख मिठाराम अधिकारीले प्रतिनिधि वुर्म्ली साथै HELVETAS NEPAL निर्देशक मनिष प्रधान, ENSSURE का टिम लिडर रविन्द्र बहादुर सिंह र बागमती प्रदेश म्यानेजर निर्मला मैनालिलाई न्यानो स्वागत गर्दै नगरपालिकाको तर्फबाट मायाको चिनो (Token of Love) प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै सब्रिना वुर्म्लीले वातावरणीय संरक्षणमा बुढानीलकण्ठ नगरपालिकाको सक्रियता र ENSSURE परियोजनासँगको सहकार्यको प्रशंसा गर्दै “Green Skill” परियोजना स्थानीय तहमा सफलतापूर्वक कार्यान्वयन भइरहेको बताएकी थिइन्।
