सन्देश : अरुण कुमार भुजेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
एउटा औँलाले अरूलाई
घरि घरि घोचेर के हुन्छ र ?
तीनवटा सधैँ विद्रोही बनी
एकसाथ आफैतिर तेर्सिरहन्छन् ।
सकेसम्म सधैँ सत्कर्म गर्नु
कुकर्म र मिथ्यको पछि नपर्नु
परोपकारको सङ्लो भावना बोकी
दीन दुःखीको सेवामा अघि सार्नु ।
अवश्य उम्रन्छ रोपेपछि एकदिन
फुल्छ फल्छ र सुगन्ध छर्छ
पानीको निरन्तर थोपा थोपाले
चट्टानमा एकदिन डोब छाड्छ ।
कमाउने आफै हो पाप र पुण्य
भरिपूर्ण हुन्छौ कि विवेकले शुन्य
तिम्रो अधिकार तिम्रै स्वतन्त्रता
अरू के भनौँ र अज्ञानी छु म ता ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
