शहीद सुरोज शाक्य स्मृति चेस शुरु

शहीद सुरोज शाक्य स्मृति चेस शुरु

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको ूशहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२ को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।् ।
प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई महानगरका जम्मा २० वटा वडाका सहभागी टिम मध्ये वडा नं ७ र वडा नं. २५ ले सर्वाधिक ६ अङ्क बनाएर संयुक्त अग्रस्थानमा रहन सफल बने ।
वडा ७ खेलाडीको अङकमा भने अगाडि छ । पहिलो वोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३, दोश्रो वोर्डमा सिएम भगवती प्रसाद शर्मा ३ र तेस्रो वोर्डमा सजल न्यौपाने २ अंक जोडे । वडा २५ का खेलाडीमध्ये पहिलो वोर्डमा हिराकाजी श्रेष्ठ ३, एफएम रिजेन्द्र राजभण्डारी १ र रिया श्रेष्ठको ३ अंकको योगदान दिनएका छन् ।
वडा नं. २७, वडा नं. ३, वडा नं. १ र वडा नं. २४ ले समान पाँच बनाउदै संयुक्त दोश्रो स्थानमा छन् । वडा २७ का खेलाडीको अङक राजेन्द्र बज्राचार्य (२.५ं, महेश्वर लाल डंगोलले (३ंं) र बिनिता कपाली (२) रहेको छ । समान पाँच टिम अङक बनाएको वडा नं ३ का खेलाडीहरुको स्कोरमा जेनिश तामाङले २.५, डि बि कार्कीले २ र अभिनव पाण्डेले ३ अङ्कको योगदान दिएका छन् ।
वडा नं १ का वृजेश राजकर्णिकारले २, बुद्धि राजकर्णीकारले २.५ र हर्ष बर्धन राठीले ३ अंकको ब्यक्तिगत दिँदै आप्mनो टिम प्वाइन्ट पाँचमा पुर्याएको थयो । वडा नं २४ ले पनि पाँच टिम अङक बनाउन बनाउने क्रममा बद्रिलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २ दशमलब ५ र स्पर्श सरावगीले १ अंकको ब्यक्तिगत योगदान दिएका थिए ।
यसघि काठमाडौं महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरज शाक्यका आमा श्रीमती कुलदेवी शाक्यले संयुक्त रुपमा चेसको गोटी चालेर प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।
वडा अध्यक्ष महर्जनले शुभकामना मन्तब्यमा समग्र खेल क्षेत्रलाई बिकास गर्नका साथै महानगरका वडाहरुलाई उत्प्रेरणा मिलोस् भनी बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताए  ।

तपाइँको प्रतिक्रिया ।