दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
अधेरीमा जूनसरि हास्न सक्नु पर्छ अरे
अँगेनीको भुत्भुतेमा नाच्न सक्नुपर्छ अरे
हृदयमा ढुङ्रगा राखि फूल कुल्चिएर
काँडासित माया गास्न सक्नु पर्छ अरे
चिट्ठी धेरै लेखिसकेँ मायागरि पढने गर
भावनाका तरेलीमा सुस्तसुस्त चढने गर
आँखाभित्र अटाउन रातीगेडी बन्नुपर्छ
भोली फेरि परेलीमा थोपा नलड्ने गर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
