बधाई छ मुरी–मुरी : त्रिलोचन आचार्य (कविता )

बधाई छ मुरी–मुरी : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

यो त्यागी स्मृतिको केन्द्र, बन्योस् त्याग धरोहर
छन् निबन्ध तथा कृष्ण जहाँ त्याग सरोवर
त्यागीकोउर्बरा खेत त्यागकै रम्य मञ्जरी
खुल्यो साहित्यको फाँट, बधाई छ मुरी–मुरी।१।
त्यागकै मार्गमा खुल्दै,जगत् प्रेक्षित हिँड्दछन्
हुन् प्राध्यापक लेखेरै बोलेरै ज्ञान बाँड्दछन्
साहित्यकार, चम्केका प्रज्ञामा पसिना छरी
सम्मानित हुँदा आज, बधाई छ मुरी–मुरी ।२।
किरण् आचार्यले लेख्दै उठाईन्त्यागको पुल
बी.डी.त्यागी पुरस्कार हो चोखो त्यागकै फल
त्यागका भावले दिव्य चम्क्यो कर्तव्यकोे धुरी
सा.स. सम्मानका निम्ति बधाई छ मुरी–मुरी ।३।
निर्मलकुमार आचार्य साहित्यकार निर्मल
लेख्दा लेख्दै गरेका छन् सिर्जना क्षेत्र झल्मल
फैल्यो अक्षरमा नाम कामको स्वच्छ टाकुरी
चम्क्यो सम्मानले माथ, बधाई छ मुरी–मुरी।४।
प्रतिभा टाकुरा टेकोस् अझै रुपा रिसालको
सेवा साहित्यको गर्दै राख्ने भाव विशाल जो
बढ्नेछ अझ साहित्यसेवाको कर्म बेसरी
सिर्जनाको चल्यो बास्ना, बधाई छ मुरी–मुरी।५।
मान सम्मान अर्पेर राजेस भट्टराइमा
त्यागको दिव्य माधुर्य पुगेको छ जहाँ तहाँ
स्वास्थ्य शिक्षा दुवैमा नै खुल्दो कर्तव्य माधुरी
माया साहित्यमा बाँड्यौ, बधाई छ मुरी–मुरी।६।
त्यागको सपना बोक्ने त्यागीको स्मृतिका दिन
त्याग सत्कर्मका खम्बा सम्मानित हुने क्षण
खुली रहोस् सधैँ प्यारो दिव्य साहित्यको धुरी
अर्पँदै छु सबैलाई बधाई म, मुरी–मुरी ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।