युवतीलाई ड्राइभरले जिस्क्याउन थालेपछि ट्याक्टर दुर्घटनाभएको खुलासा
३ असोज । शनिबार रामेछापको फर्पु–१ सिस्नेरीमा ३९ जना घाइते हुने गरी भएको ट्याक्टर दुर्घटनामा ट्र्याक्टरमा सवार युवतीलाई ड्राइभरले जिस्क््याउन थालेपछि ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन्् ।
रामेछापको खिम्तिबाट फर्पु जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्र्याक्टर फर्पु गाविस–१ को सिस्नेरीमा दुर्घटना भएको थियो । घरायसी प्रयोजनमा प्रयोग हुने खाद्यान्न र नौ बोरा कुखुराको दाना बोकेको ट्र्याक्टरमा चालकको नजिकै तीन युवती बसेको र तिनै युवतीसँग जिस्कने क्रममा दुर्घटना भएको सामुदायिक अस्पताल मन्थलीमा उपचार गराइरहेका फर्पु–५ का तीर्थ बिरक्त पाख्रिनले बताए ।
युवतीसँग जिस्कने क्रममा धेरै हल्ला भएको र हल्ला नगर्न भनेर आपूmले सल्लाहा दिएको भएपनि ड्राइभरले नमानेकाकारण दुर्घटना भएको दुर्घटनामा परी मन्थलीको सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएका फर्पु–३ चण्डीथानका तुलसी सुनुवारले बताए ।
यता प्रहरीले भने कच्ची र उकालो बाटोमा ट्र्याक्टरमा धेरै लोड भएको र ट्र्याक्टरको टेलर र इन्जिन एक आपसमा छुट्टिएर दुर्घटना भएको जनाएको छ ।
ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
शुक्रबार मात्रै रामेछापको मन्थली नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटनामा परी आठ जनाको ज्यान गएको थियो भने ४२ जना घाइते भएका थिए ।