जनकपुरमा निषेधाज्ञा (कफ्र्यु) हटाइयो

जनकपुर, २९ भदौ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आज बिहान ९ः३० देखि हटाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।

उहाँले सरकारी कार्यालयको सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।