दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,फागुन २४ ।
अनुशासन ठुलो हो मानव जीवनको
यो त आदर्श हो मानव जीवनको
यसलाई बहुमुल्य ठानी सगाल्दै लगेमा
यो खुशी र सौन्दर्य हो मानव जीवनको ।
स्वस्छ राजनीति नै त हो जग देशको
विकास गर्न सक्छ पगपग देशको
उन्नत राष्ट्रमा चाहिन्छ एकता भाव
अनि विकास हुन्छ मग मग देशको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
