गजल : दुर्गा वनवासी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
रोपेँ निश्छल प्रेमको बोट मीठो
झाँगिएर त्यसले दिने ओट मीठो ।
गरेर त्यसैको शीतलतामा शँका
ठडिएका औँलासँगै खोट मीठो ।
पिलाएँथँे ममता र सद्भाव मिसाई
मधुरताले युक्त तरल घोट मीठो ।
गर्नुहुन्न रै’छ कसैमाथि विश्वास
प्रतिकारमा पाइने त्यही चोट मीठो ।
सुम्पेर आत्मा उपहारमा मिल्ने
अनास्थाको एउटै त्यही भोट मीठो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
