पाँच मुक्तक : डा. श्यामप्रसाद न्यौपाने

पाँच मुक्तक : डा. श्यामप्रसाद न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

दूर कतै पुग्न खोज्छन् तिम्रा यादहरू
तिमीजस्तै लुक्न खोज्छन् तिम्रा यादहरू
आश्वासन दिनुको साटो, पत्थर भएर
भित्र भित्रै दुख्न खोज्छन् तिम्रा यादहरू ।।१।।

चिनाजानी त बेस्सरी भएकै हो उन्ताकाबाट
कसले बोलाएथ्यो कुन्नि मिठो भाकाबाट
विछोड हुँदा पनि रुँदै रोएनौ नि नभन्नू कसैले
मुटुमै बसेकोलाई कसले बगाउँछ र आँखाबा ।।२।।

भेटै हुन्न सितिमिति भनेकै त हो नि
नहाँस न खितितिति भनेकै त हो नि
सूर्यचन्द्र जस्तै हुनुपर्ने भएपछि
ज्यानै खाने नलाऊँ प्रीति भनेकै हो नि ।।३।।

न पछ्यौरी बनिन् न खादा बनिन्
न झिलिमिली बनिन् न साधा बनिन्
चिर परिचित भएरमात्रै के भो र
न रुक्मिणी बनिन् न राधा बनिन् ।।४।।

खुशीले मनैबाट आहा ! निस्किँदोरहेछ
मनै त हो नि मिल्नेसँग जिस्किँदोरहेछ
भो, तिमीले यता हेर्दै नहेरिदेऊ बिन्ती
हेराहेरले मात्र पनि मन बिच्किँदोरहेछ ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।