दीक्षालय स्कूल, बुढानिलकण्ठ -११ कपनको अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन ४।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनमा रहेको दीक्षालय नेपाल (स्कूल) को आयोजना गरेको अभिभावक दिवस सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिकाकानगरप्रमुख मिठाराम अधिकारीको प्रमुखआतिथ्यतामा भएको उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको विभिन्न वडाका वडाअध्यक्षहरू, यस क्षेमा सञ्चालितविद्यालयकाप्रधानाध्यापकहरू, टोलसुधार समितिकाअध्यक्षहरू, शिक्षासेवी, समाजसेवीतथाअभिभावकहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
विद्यालय सञ्चालक समितिकाअध्यक्षलब्जीबहादुर कार्कीको सभाध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको तर्फबाट निमा डोमा शेर्पा र विद्यालयका प्राचार्य दुर्गाप्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अधिाकारीले शिक्षा नै समाज परिवर्तनको मेरुदण्ड रहेको र यस क्षेत्रमा सञ्चालितविद्यालयहरूले समाज परिवर्तन गर्नेशिक्षा अवलम्वन गर्नुपर्ने विषयमा जोड दिएका थिए।
उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले शुभकामना मन्तव्य राख्दै दीक्षालय स्कुलले २०८० सालको एसईई परीक्षामा संस्थागत विद्यालय तर्फ नगरपालिकामा प्रथम र काठमाडौ जिल्लामा द्वितीय रहेको उल्लेखगर्दै खुसि व्यक्त गरेका थिए ।
विद्यालयका प्रवन्ध निर्देशकचित्रकुमार दाहालले धन्यवाद ज्ञापन गदै परिवर्तित समाजमा प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यार्थीहरूलाई शैक्षिकउन्नयनका साथसाथै जीवनोपयोगी सीपहरू दिन दीक्षालय सफल रहेको बताएका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधाका अतिरिक्त कृयाकलापहरूका सृजनसीलता झल्कने प्रतुतिहरू प्रदर्शन गरेका थिए ।
