गजल : गङ्गा कर्माचार्य पौडेल
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
आकासमा जुनतारा उदाउँदा रात राम्रो
शिशिरपछि बसन्तमा पलाएको पात राम्रो ।
पिरतीको मधुमासमा आफैलाई हराएर
काननेर बोलेको मायालुको बात राम्रो
नजरसँग नजरमिली दुईमुटु एक भएपछि
प्रेम गर्दा लेखिएका पत्रहरुको खात राम्रो
यता उता बाटातिर ओहर दोहर गर्दाखेरी
लुकी लुकी हेरिदिने ती मेरीका जात राम्रो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
