कसरी बराबरी ? त्रिलोचन आचार्य

कसरी बराबरी ?   त्रिलोचन आचार्य

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

१. बोकेर भारी वन कन्दरा पुगी
टेकेर लौरो पहराहरू चढी
पौख्छौ रमाई पसिना सधैँभरि
लेखिन्न गाथा उसको कठैवरी

२. यी अन्न बाली श्रमका गरागरा
यी मार्ग चौडा दुनियाँ हराभरा
गर्ने स्वयं खप्छ अभावका झरी
आवाज सानो उसको कसैगरी
३. कुर्दै छ विद्यालय त्यो कसैले
सन्तान निरक्षर छन् उसÞैका
खाँदैछ आरक्षण को सधैँ चरी
जे तन्त्र आओस् उसकै लरी बरी

४. डुङ्गा चलायो कि हलो चलायो
गाडी गुडायो कि खलो बढा¥यो
सेवा गरेको गणना कहाँ छ नि
निर्धा सधैँ छन् बिचरी चरीसरि

५. लुट्नेहरूको लुटमै छ मस्ती
बस्दैन सर्कार गरेर गस्ती
सोझा तलै छन् सब उल्लु ठालु
कालू गरोस् जे फल खान्छ भालु

६. खै बङ्गला ती कसले उठाए ?
फोर्दै गिटी बाँध कयौँ बनाए
बाटो बनाए जसले मरी मरी
होला र मान्छे सहसा बराबरी ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।