राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा सहभागी नहुने

काठमाडौँ, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संविधान निर्माण प्रक्रियामा सहभागी नहुने भएको छ ।

पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको पार्टीका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी गराउनुभयो ।
kamal-thapa1
सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलगायतका पक्षमा जनताले दिएको अभिमतलाई संविधानसभामा कदर नगरिएको, पार्टीले उठाएका एजेन्डालाई बेवास्ता गरिएको लगायतका विभिन्न कारणले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको उहाँले बताउनुभयो ।

“देशलाई राजनीतिक निकास दिएर जारी सङ्क्रमणलाई अन्त्य गर्न विगतमा पार्टीले फरक मत राखेर भए पनि जारी प्रक्रियामा सहभागी हुँदै आएको थियौँ,” उहाँले भन्नुभयो, “जनताको अभिमतलाई पूर्णरुपमा बेवास्ता गरिएका कारण पार्टीले जारी प्रक्रियाबाट अलग हुने निर्णय गरेको हो ।”

तपाइँको प्रतिक्रिया ।