मोबाइलको पिँजडा : नन्दलाल आचार्य (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ .मंसिर २३ ।
“छोरी, आज स्कुलमा के गर्यौ ?“
आमा खाना बनाउँदै थिइन् ।आर्या मोबाइलमै व्यस्त थिई ।
“केही खास छैन”, उसले आँखा मोबाइलबाट नउठाई जवाफ दिई ।
बिहान, बेलुकी, हरेक समय मोबाइल चलाइरहेकी छोरीलाई देखेर आमा चिन्तित भइन् ।
एक दिन आमाले उसको मोबाइल लिएर सोधिन्, “तिमीलाई थाहा छ ? चरा गुँड बनाउन व्यस्त छन्, फूलहरू फुल्न थालेका छन् । तिमीचाहिँ के गर्दैछ्यौ ?”
आर्याले झर्कँदै भनी, “आमा, यो नयाँ जमानाको चलन हो । तपाईं बुझ्नुहुन्न ।”
त्यस साँझ आमाले मोबाइलमै एउटा भिडियो देखाइन् । भिडियोमा एउटी आमा मोबाइलमा झुन्डिएकी थिइन् । छेउमै उनको बच्चा रोइरहेको थियो ।
आर्याले चुपचाप मोबाइल बन्द गरिन् । केही बोलिनन् । त्यस दिनदेखि बिहानै उठेर बगैंचाको फूलहरू हेर्ने, आकाशको चराहरू गन्ने उसको नयाँ बानी बन्यो ।
मोबाइलको पिँजडाबाट निस्केकी आर्या अब जीवनका रंगहरू महसुस गर्न थालिसकेकी थिई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।