जूनको पाइला : गंगा खड्का (कविता )

जूनको पाइला :  गंगा खड्का (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।

जूनको पाइला टेकेर पनि आउँला म भेट्नलाई
यो मनको न्यास्रो बसेरसँगै राम्ररी मेट्नलाई
नभने मलाई निष्ठुरी जाली रिसैको झोकमा
म पनि यहाँ तड्पदै छु तिम्रो मायाको भोकमा

बित्दछन् कहिले रातका प्रहर अनिदो बसेर
बिछोडका पीडा परेलाबाट अविरल खसेर
खुसुक्क आफू ओझेल प¥यौ यादहरू दिएर
बस्दै छु म यहाँ फाटेको मन चोटले सिएर

दिएका थियौ भरोसा ठुलो गइहाल्यो टुटेर
उडाइलग्यो मायाको पाना अलग्गै छुटेर
नहारी हिम्मत रात र दिन म बाटो हेर्दै छु
जपेर तिम्रो नाम मात्रै प्रिय म सास फेर्दै छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।