बालमैत्री स्थानीय शासन : विश्वजित गुप्ता (विशाल)

बालमैत्री स्थानीय शासन : विश्वजित गुप्ता (विशाल)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।

बालमैत्री स्थानीय शासन बालबालिकाको लागि लगानी हो
सामाजिक सुधार भए यिनको अधिकार हनन गर्न सक्छ को ?
बेचबिखन र ओसारपसारबाट बालबालिकाले पाउन सुरक्षा
समयमै जन्मदर्ता बनाएर, यिनका पहिचानको गरौँ नि रक्षा ।

शासन हुनसक्छ खराब, अथवा हुन्छ यो राम्रो
भर पर्छ बानी तथा सम्पूर्ण व्यवहारमा नै हाम्रो
बालमैत्री कायम रहोस्, होटेल र कार्यालयमा
बालबालिका अध्ययन गर्न पाउन है विद्यालयमा ।

सरदारले गर्छ निरङ्कुश शासन भने नेताले सुशासन
नेतृत्व गर्न जहिलेपनि अत्यावश्यक हुन्छ अनुशासन
असल नेता छ भने हरबखत राम्ररी नेतृत्व गरि रहन्छ
सरदारफेरि आफ्नै तालमा न सुन्छ न कसैलाई गन्छ ।

कतैपनि हिंसा, अपराध र श्रममा नपरुन बालबालिका
मैत्रीपूर्ण रहोस् स्थानीय तह हरेक नगर र गाउँपालिका
बालबालिका नपाउन कहिल्यै कडा डन्ड अनि सजाय
कानुनपनि लागि परोस्, यिनीहरूलाई दिलाउन न्याय ।

बालमैत्री छिमेक रहोस्, साथै समाज, सहर र गाउँ
मैत्रीपूर्ण होस् सारा वातावरण, हरेक स्थान वा ठाउँ
घर, समुदाय र पसलहरू सबै स्थल मैत्रीपूर्ण बनोस्
बालमैत्री स्थानीय शासन चाहिँ जहाँतहाँ नै लागुहोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।