ज्ञानी बालक : वन्दना पौडेल (कविता )

ज्ञानी बालक : वन्दना पौडेल (कविता )

कपन अनलाइन
काठमाडौं, मङ्सिर १।

साना साना हात मेरो
ठुला ठुला काम
यिनै हात चलाएर
राख्छु देशको नाम ।।१।।

ज्ञान आर्जन गर्ने ठाउँ
पाठशाला नै रहेछ
मिसले पढाएको साथी
ध्यान दिएको खै त ।।२।।

लेख्न अनि पढ्न मलाई
नरोक्नुस् है आमा
आज मेरो प्रस्तुति हेर्न
सँगै जाऊ है मामा ।।३।।

विद्यालय आएपछि
ज्ञान धेरै चाहिन्छ
यस्तो राम्रो पवित्र स्थल
कुन ठाउँमा पाइन्छ ।।४।।

नेपाली भै नेपालको
इज्जत राख्नुपर्छ
विदेश होइन स्वदेशको
विकास गर्नुपर्छ ।।५।।

फरक फरक स्वभावका
धेरै दौतरी छन् ।
मिठास बोली फरक ज्ञानका
गुरुआमा नि रहेछन् ।।६।।

विद्यालय जानलाई
नरोक्नुस् है आमा
ठुलो भएसी राख्नुपर्छ
हजुरको नाम ।।७।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।