असभ सम्राट र शिभाली च्याम्पियन

असभ सम्राट र शिभाली च्याम्पियन

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
असभसम्राट हाडा र शिभाली गुरुङले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार उपाधि जितेका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिताको यु–१४ उमेरसमूहतर्पm सिंगल्समा असभसम्राट ब्वाइजमा र शिभाली गल्र्समा च्याम्पियन भएका हुन् । असभले फाइनलमा साङ्ग्य रोकायालाई ७–६ (५), ६–१ ले  हराए । शिभालीले फाइनलमा मेरिशा थापालाई समान ६–० ले हराइन् । यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवालले सफलता पाए । उनले फाइनलमा कायन चालिसेमाथि ४–१ र ४–२ को सेटमा जित निकाले । ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री च्याम्पियन भए । उनले फाइनलमा जितेन्द्र परियारमाथि ७–५, ३–६, १०–७ को जित रचे ।
यसै उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यातको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा जितेन्द्र र इलम दीक्षितको जोडीलाई हराउँदै सफलता प्राप्त गरेका हुन् । ५५ वर्षमाथि उमेरसमूहको पुरुष डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा मनोज सम्शेर राणा र डिगेन्द्र श्रेष्ठको जोडीबाट वाक ओभर पाएका हुन् । पुरुष ६५ वर्षमाथि डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा मनोज राणा र प्रकाश बोगटीको जोडीबाट वाक ओभर पाएपछि सहजै उपाधि आफ्नो बनायो ।
त्यस्तै ४५ वर्षमाथि उमेरसमूहको पुरुष सिंगल्समा छेवाङ लामा र कमल भण्डारी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा छेवाङले ६–२, ६–३ ले सहजै हराउँदै उपाधि यात्रा तय गरेका हुन् । अर्को सेमिफाइनलमा कमलले महेश श्रेष्ठबाट वाक ओभर पाए ।

तपाइँको प्रतिक्रिया ।