एसिसी प्रिमियर लिग क्रिकेट ः नेपाल साउदी अरबसँग भिड्दै

एसिसी प्रिमियर लिग क्रिकेट ः नेपाल साउदी अरबसँग भिड्दै

काठमाडौँ, १६ भदौ । मलेसियामा जारी १९ वर्षमुनिका एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको पाँचाँै खेलमा नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा विजय लक्ष्यका साथ नेपालले आफ्नो पाँचाँै खेल भोलि बिहीबार साउदी अरबको सामना गर्नेछ । प्रतियोगितामा साउदी अरब अन्य सहभागी टोलीमध्ये कमजोर टोलीका रुपमा लिन सकिन्छ ।

चार खेल खेलेको साउदी अरबले अहिलेसम्म एक खेलमा पनि विजय हासिल गर्न सकेको छैन । जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले भने तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएइ), कुवेत र आयोजक मलेसियालाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार भोगेको थियो । प्रतियोगितामा नेपाल ६ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ ।

त्यस्तै, समान चार खेल नै खेलेको अफगास्तिान चारै खेलमा जित हासिल गर्दै लिगको शीर्ष स्थानमा छ । अफगानिस्तानको ८ अङ्क छ । त्यसैगरी, समान चार खेल नै खेलेको मलेसिया ६ अङ्कका साथ रनरेटका आधारमा लिगको तेस्रो स्थानमा छ ।

चार÷चार खेल पूरा गरेका कुवेत र युएइ समान दुई÷दुई अङ्कका साथ रनरेटका आधारमा क्रमशः चौथो र पाँचाँै स्थानमा छन् भने साउदी अरब अङ्कबिहीन छ ।

तपाइँको प्रतिक्रिया ।