कमल अमेरिका जाने

कमल अमेरिका जाने

कपन अनलाइन
काठमाडौं, कात्तिक ६।
नेपालका कमल मगर अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा सहभागी हुन सोमबार अमेरिकाको फ्लोरिडा प्रस्थान गर्ने भएका छन् ।
नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने मिक्स मार्सल आर्टको यो प्रतियोगितामा कमलले २ स्पर्धामा सहभागिता जनाउने छन् । वल्र्ड मार्सल कमिटी (डब्लुएमएसी), युएसएको आयोजनामा हुने उक्त प्रतियोगितामा कमलले सर्ट वेपन र चाइनिज क्रिएटिभ फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
आफ्नो खेल करियरमा कमलले ६ स्वर्ण, ३ रजत र ४ कांस्य जितेका छन् । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत, सन् २०१८ मा इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा २ स्वर्ण जितेका थिए ।
त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा २ रजत र १ कांस्य तथा इङल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य जितेका थिए । उनले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भुमिका पनि निर्वाह गरेका छन् ।
कमललाई सफलताको शुभकामना दिदै नेपनल उमा कुङफुका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राई, महासचिव भूपेन्द्र गुरुङ र सचिव रमेश महर्जनले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । त्यस्तै नेपालका अनुप थापाले पनि किक बक्सिङको लाइट वेट स्पर्धामा खेल्ने छन् । सिद्धार्थ र अनुप दुवै न्युयोर्कमा छन् । दुवै त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन फ्लोरिडा जाने छन् ।

तपाइँको प्रतिक्रिया ।