वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिसको तयारी पूरा

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिसको तयारी पूरा

कपन अनलाइन
काठमाडौं, कात्तिक ५  ।
वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको  छ ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा खेल हुनेछ । जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ ब्वाइज÷गल्र्स सिंगल्स÷डबल्स तथा खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । सर्वाधिक नगद पुरस्कार पुरुष÷महिला सिंगल्समा रहेको छ । उक्त स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । जुनियरका पदक विजेतालाई गिफ्ट भौचर प्रदान गरिने छ ।

तपाइँको प्रतिक्रिया ।