गोकर्णेश्वर -४ गोकर्ण माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिए

गोकर्णेश्वर -४ गोकर्ण माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिए
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४ ।

गोकर्णेश्वर -४ गोकर्ण माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

नाम,थर,वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ  ।

तपाइँको प्रतिक्रिया ।