गीत : रत्न उप्रेती

गीत :  रत्न उप्रेती
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

नेपाल देश हाम्रो सुन्दर विशाल
नेपाली युवा बसौं नेपाल –२

हुर्केर फुल्ने विरूवा गोड्ने बगैंचाका मालीहरू
जीवनभर दिएर श्रम निर्माण गर्ने हामीहरू
तिम्रा पौरखी हात छन् तिम्रा साहसी पाऊ छन
समृध्दी र सम्मुन्नतीको लागि हिड्नलाई –१

नेपाल देश हाम्रो सुन्दर विशाल
नेपाली युवा बसौं नेपाल

नजाउ तिमी देश छोडी आमालाई बिर्सिएर
फर्कि आऊ स्वदेश तिमी यै माटोलाई सम्झिएर
गरौ पौरख यै माटोमा सम्मुनतीको बाटोमा
उज्यालो संसार बन्छ आफ्नै विदेशीनुको साटोमा –१
नेपाल देश हाम्रो सुन्दर विशाल‘
नेपाली युवा बसौ नेपाल‘

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।