दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।

पृथ्वी मातालाई मातृत्वको उपमा दिइन्छ
पृथ्वी तललाई नारीकै त रुपमा लिइन्छ
उनै नारीलाई महान शक्तिको श्रोत मानिन्छ
सृष्टिको रस पनि नारीकै रुपमा पिइन्छ

असमानताको बाढीले नारी शिथिल हुन्छ
त्यसैले माता पनि दोषी बनेर हिइन्छ
नारी त्याग बलिदानमा अगाडि सर्न सक्छ
त्यसैले त लक्ष्मी र दुर्गाको नामले चिनिन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।