संचारकर्मी धमला जोखिम पत्रकारिता अवार्डबाट सम्मानित

संचारकर्मी धमला जोखिम पत्रकारिता अवार्डबाट सम्मानित

कपन अनलाइन
काठमाडौं, असोज १५।

झरना खबरका अध्यक्ष एवम संचारकर्मी टि एन धमला सम्मानित भएका छन् । काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहबीच पत्रकार धमलालाई स्थानीय तह जोखिम पत्रकारिता अवार्ड बाट सम्मानित गरिएको हो ।

स्थानीय तहमा पत्रकारिताको क्षेत्रबाट जनतालाई सत्य, तथ्य सूचना दिन एक दशकदेखि सक्रिय भूमिका खेलेको भन्दै धमलालाई उक्त अवार्डबाट सम्मान गरिएको आयोजकले जनाएको छ । अवार्डको सम्मान भने पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानीत नेता झलनाथ खनालको हातबाट प्रदान गरिएको हो ।

निगरानी दैनिक मिडिया प्रा.लि द्वारा प्रकाशित स्थानीय सरोकारु मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ मार्फत धमलालाई उक्त सम्मान प्रदान गरिएको हो । पत्रिकाले वार्षिकोत्सव कार्यक्रमको शुभ अवसर पारेर धमलालाई सम्मानित व्यक्तित्वको रुपमा दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरेको हो ।

सचारकर्मी धमला आम सञ्चारको जगतमा एक दशकदेखि अनवरत सक्रियता एवम् समय सान्दर्भिक पत्रकारिता गर्दै स्थानीय सरोकारका विषयमा जनतालाई सुसूचित गर्न र सत्य,तथ्य सूचना दिन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।