काष्ठमण्डप र एनसीसीएस फाइनलमा

काष्ठमण्डप र एनसीसीएस फाइनलमा

कपन अनलाइन
काठमाडौं, असोज १५।
आयोजक काष्ठमण्डप र एनसीसीएस दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्स  सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डपले चाँदबागलाई १९–१८ तथा एनसीसीएसले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २६–२५ को साँघुरोअन्तरले पराजित गरे । सिनियर ब्वाइजमा विल्सन एकेडेमीले बीआईएसलाई ४९–४४ तथा टीआईएले क्याम्पियन एकेडेमीलाई ४५–३३ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
फुटसलको सिनियर ब्वाइजमा काष्ठमण्डपले चेल्सी वल्र्ड स्कुललाई २–१ गोलअन्तरले पाखा लगाउदै काठमाडौं प्रज्ञाकुञ्जसंग फाइनल भेट पक्का ग¥यो । सिनियर गल्र्समा काठमाडौं वल्र्ड स्कुलले टीआईएलाई २–१ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित ग¥यो । उपाधिका लागि काठमाडौं वल्र्ड स्कुलले जोन डेवी विरुद्ध खेल्ने छ ।
फुटसलकै जुनियर ब्वाइजमा रातो बंगला र काष्ठमण्डप उपाधिका लागि भिड्ने भएका छन् । रातो बंगलाले चादबागलाई टाइब्रेकरमा २–१ तथा काष्ठमण्डपले एनसीसीएसलाई ३–० गोलले पराजित गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।