प्याब्सकको आयोजनामा असोज ३ गते प्रिन्सिपल कप फ़ुट्सल प्रतियोगिता हुने

प्याब्सकको आयोजनामा  असोज ३ गते प्रिन्सिपल कप फ़ुट्सल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

निजि तथा आबासीय बिधालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनमा  प्रिन्सिपल कप फ़ुट्सल प्रतियोगिता २०८१ हुने  भएको छ। यहि असोज ३ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको दिक्षालय फाउन्डेशन नेपालमा आयोजना हुने प्रतियोगितामा २१ बिधालयहरु सहभागी हुने कार्यक्रम संयोजक राजेन्द्र पुडासैनी (राजु ) ले जानकारी दिएका छन्।

निजि तथा आबासीय बिधालय संगठन काठमाडौं (प्याब्सक)ले आयोजना गरेको सो  प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र चौथो स्थान प्राप्त गर्ने समुहलाई क्रमश: १२००० ,६००० ,४५०० र ३००० नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

कार्यक्रममा बेष्ट प्लेयर ,बेष्ट गोल किपर र धेरै गोल गर्ने खेलाडीलाई सम्मान गरिने छ।कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ४ (२) का माननीय जयराम थापा रहने पुडासैनीले जानकारी दिएका छन्।

प्रतियोगितामा सहभागी विद्यालय टिमहरु :

१. प्रिन्सटन एकेडेमी

२.प्रोग्रेसिभ सेकेण्डरी एकुल

३.बिभुति प्रज्ञा निकेतन

४.सगरमाथा एजुकेसनल एकेडेमी

५.कान्तिपुर एकेडेमी

६.सारदा एकेडेमी

७.बेद ब्यास स्कुल

८.माउन्ट कैलाश स्कुल

९.मनास्लु वर्ल्ड स्कुल

१०.त्रिनेत्र विद्या निकेतन

११.पुष्पलाल मेमोरियल मावि

१२.काठमाण्डौ विद्यालय

१३.ज्ञान चक्षु स्कुल

१४.आकाश गंगा स्कुल

१५.सेन्ट जुलियन स्कुल

१६.काठमाण्डौ विद्या मन्दिर

१७.प्रस्फुटन इन्टरनेसनल एकेडेमी

१८.लिटल मुन मावि

१९.दिक्षालय नेपाल फाउन्डेसन

२०. जुगल नवगुरुकुल

२१. पर्ल्स एकेडेमी

 

तपाइँको प्रतिक्रिया ।