जुगल नवगुरुकुलको आयोजनामा पुस्तक समिक्षा प्रतियोगिता सम्पन्न

जुगल नवगुरुकुलको आयोजनामा पुस्तक समिक्षा प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको  जुगल नवगुरुकुल द्वारा सत्रौ राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा आयोजित पुस्तक समिक्षा प्रतियोगिता  सम्पन्न भएको छ।

जुगल नवगुरुकुलका अध्यक्ष डोर प्रसाद आचार्यको सभापतित्वमा बुढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख  ललित विक्रम सिंहको प्रमुख आतिथ्यतामा भएको  छैठौ उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय पुस्तक समीक्षा प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए।

सो प्रतियोगितामा   मनास्लु वोर्ल्ड स्कुलबाट अनुश्री न्यौपानेले प्रथम स्थान ,ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट सुरक्षा गुरुङले द्वितीय स्थान, घटराज मेमोरियल स्कुलबाट श्रेया राईले तृतीय स्थान र  काठमाडौँ विद्यालयबाट सुष्मिता कट्वाल तथा  नेपाल वेद विद्याश्रमबाट अनिश त्रिपाठीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए।

कार्यक्रममा आयोजक विद्यालयका प्रिन्सिपल रूपक लामिछानेले सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्दै सहभागी विद्यालयलाई धन्यवाद प्रदान दिएका थिए भने उक्त कार्यक्रमको संचालन रिता थपलियाले गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।