पोखराको अमिसी फाइनलमा

पोखराको अमिसी फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ७।

पोखराको अमिसी प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको  गर्ल्समा  बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
चार टिम सहभागी राउन्ड रोविन लिगमा अमिसी उपविजेता हुँदै फाइनलमा पुग्न सफल भयो । बिहीबारै २ खेल खेलेको अमिसीले मिश्रित नतिजा निकाल्यो । अमिसीले गोल्डेनगेटलाई ३२–२६ ले पराजित ग¥यो । अमिसीकी प्रियंका थापाले १५ अंक जोडिन् । अर्को खेलमा बलर्स एकेडेमीले अमिसीलाई २५–२४ को साँघुरोअन्तरले हरायो । बलर्सकी पेम्बा शेर्पाले १४ स्कोर गरिन् । स्कोरअन्तरमा बलर्सलाई उछिन्नदै अमिसी फाइनलमा पुग्यो । फाइनलमा अमिसीको भेट लिगको विजेता आयोजक कन्स्टिलेसन कलेजसंग हुनेछ ।
ब्वाइजमा प्रिमियर र नागर्जुन ४ ले सेमिफाइनलमा स्थान पक्का गरे । प्रिमियरले जेभियरलाई ५९–४२ ले पाखा लगायो । प्रिमियरका रिन्चेन लामाले २१ अंक जोडे । नागर्जुनले टाइम्सको चुनौती ५७–४२ ले पन्छायो । नागर्जुनका शशांकले २२ स्कोर गरे । विजेताद्वय सेमिफाइनलमा आमने सामने हुने छन् । अर्को सेमिफाइनल आयोजक कन्स्टिलेसन र सीसीआरसीबीच हुनेछ ।

तपाइँको प्रतिक्रिया ।