चार मुक्तक : नवशिला

चार मुक्तक : नवशिला

कपन अनलाइन
काठमाडौं, साउन १२।
सपनामात्र सजाईरन्छ यो बैँशालु जोवन
ऐनाले नि देखाईरन्छ यो बैँशालु जोवन
ठुलै माया पाल्छु भन्छ कोमल सानो मुटु,
रुमालचिनो पठाईरन्छ यो बैँशालु जोवन ।
.
सारा शरीर गलाएर मार्न खोज्छ मलाई
जरै काटी ढलाएर मार्न खोज्छ मलाई
दागा धर्छ त्रास छर्छ धाकधम्की दिन्छ,
उसले ज्युँदै जलाएर मार्न खोज्छ मलाई ।
.
देखेपछि त्यो रूप बबालतिम्रो पछि लागे
उर्ल्यो  मनमा प्रेमको छाल तिम्रो पछि लागे
घुर्की लायौ आँखा तरेउ भित्रमाया भरि,
दियौ चिनो जाले रुमाल तिम्रो पछि लागे ।

माया मिसाई फल्ने प्रियका फल तिमी हौ
सधैँ मलाई लाग्ने प्रेमको तलतल तिमीहौ
दुखपीरमा साथ दिने सुख आधा बाँढ्ने,
मलाई खुसीदिने हरदम हरपल तिमी हौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।