मेरो विद्यालय : प्रशंशा थापा (कविता )

मेरो विद्यालय : प्रशंशा थापा (कविता )

कपन अनलाइन
काठमाडौं, साउन १२।

जब सानो थियो हाम्रो बाल्यकाल
तब थियो जीवन खाली पानाको पल
राख्यौं पहिलो पाइला यस स्कूलमा
तब सिक्न पायौं हरेक ज्ञान यस जीवनमा

भविष्यउज्वलबनाउनगुरुले सिकाईदिए
आफ्नै मातृभाषा पनि उहाँहरु बाटै सिक्नपाए
राम्रो बाटो हिँड्न उहाँहरुले मार्ग देखाइदिए
उहाँहरुबाट ज्ञान पाउनु पर्दा निकै हर्षित भए

प्रस्नले भरिएको जीवनमाउत्तर गुरु बनिदीए
तोते बोली बाट प्रष्ट बोलीउहाँहरुले सिकाईदिए
विद्यार्थीको जीवन सफल बनाउन उहाँहरुकै छ योगदान
कहिले पनि भुलेर नगर है गुरुको अपमान

गुर नै हुन् हरेक विद्यार्थीको दीपज्योति
उहाँहरुनै हुन् हाम्रा एक असल साथी
गुरु बिना विद्यार्थीको जीवन छ अन्धकार
उहाँहरुले सिकाए कहिले नखानु भनीहार।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।