दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

मेरो देशको यो उर्बराभूमि दुख्छ
रोदनपूर्ण यो मातृभुमी दुख्छ
अशान्त यो वातावरणले गर्दा
ठाउँ ठाउको यो बन्जर भूमि दुख्छ ।

वसन्त आउदै जाँदै गर्छ जीवन जस्तै
समयको चक्र घुम्दै गर्छ जीवन जस्तै
जीवनको अपरिहार्यतालाई साथ दिन्छ
सबै वस्तु जन्मिन्छ अनि मर्छ जीवनजस्तै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।