जुगल नवगुरुकुल स्कुल बुढानिलकण्ठ -१० लाई अन्तरास्ट्रिय अवार्ड

जुगल नवगुरुकुल स्कुल बुढानिलकण्ठ -१० लाई अन्तरास्ट्रिय अवार्ड

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको  जुगल नवगुरुकुल स्कुलले अन्तरास्ट्रिय अवार्ड प्राप्त गरेको छ।

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौँ इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सो विद्यालयले  उत्कृष्ट शैक्षिक संस्थाको रूपमा अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो।

प्रतिनिधि सभा सदस्य तथा उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्य एवं प्रसिद्ध अभिनेत्री जया प्रदाको विशिष्ट आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा काठमाडौँको र्‍याडिसन होटेलमा आयोजित समारोहमा जुगल नवगुरुकुलले उक्त अवार्ड प्राप्त गरेको हो ।

सो समारोहमा उक्त शैक्षिक संस्थाका फाउन्डर प्रिन्सिपल रूपक लामिछानेले कार्यक्रमका विशिष्ट अतिथि जय प्रदाको हातबाट उक्त सम्मान ग्रहण गरेका थिए ।

ले संस्थागत विद्यालयको अग्रणी संस्थाको रूपमा जुगल नवगुरुकुल अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको महसुस भएको  बताउदै  प्रिन्सिपल  रुपक  लामिछानेले जुगल नवगुरुकुलमा कक्षा ११ मा कानुन र व्यवस्थापन सङ्कायमा धमाधम भर्ना भईरहेको जानकारीदिएका छन।

तपाइँको प्रतिक्रिया ।