बुढानीलकण्ठ–१२ मा बसोबास गर्ने फरक भएकाहरुलाई क्षमतालाई त्रि–ज्योतिमा सम्मान

बुढानीलकण्ठ–१२ मा बसोबास गर्ने फरक भएकाहरुलाई क्षमतालाई त्रि–ज्योतिमा सम्मान

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

त्रि–ज्योतिमा.वि.मा फरक क्षमता भएका बुढानीलकण्ठ–१२ मा बसोबास गरेका नागरिकहरुलाई सम्मान तथा सामाग्री वितरण कार्यक्रम आयोजना भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडानं. १२ को पहल र बाल सचेतना सेवा केन्द्रको सक्रिय सहभागितामा वडाभित्रका फरक क्षमता भएका नागरिकहरुमा उत्साह, हौसला र सम्मान गर्ने उदेस्यले  सो कार्यक्रमआयोजना भएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त सम्मान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, कार्यपालिका सदस्य शान्ता पुडासैनी, त्रि–ज्योतिमा.वि.का प्राचार्य गणेशकुमार मिश्र, विभिन्न टोल सुधार समितिका अध्यक्षहरु, महिला समूहका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फरक क्षमता भएका नागरिकहरुलाई सम्मानपत्र र एक–एक टेबल फ्यान निःशुल्क प्रदान गरिएको सो कार्यक्रमको सभापति बाल सचेतना सेवा केन्द्रका अध्यक्षले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।