नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा धुर्व प्रसाद भट्टराईको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा धुर्व प्रसाद भट्टराईको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यमा धुर्व प्रसाद भट्टराईले  उम्मेद्वारी दिएका छन।बुढानिलकण्ठ नगरपालिका भूगोल क्लस्टरको १०२ (४) मा उम्मेद्वारी दर्ता गराएका भट्टराई  लामो समयदेखि नेकपा एमालेको संगठनमा सक्रिय रहेका छन ।

पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका भट्टराई विविध कारण देखाउदै पछाडी पारिएका नेता मध्येमा पर्ने एक क्षेत्रीय सदस्यले बताएका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई  बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन ।

हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टी संस्थापनको पक्षमा उभीएको इतिहासको कदर यस पटक हुने विस्वास रहेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।