नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा कृष्णकाजी श्रेष्ठको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा कृष्णकाजी श्रेष्ठको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य पदमा कृष्णकाजी श्रेष्ठले  उम्मेद्वारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ निवासी श्रेष्ठले बुढानिलकण्ठ भूगोल क्लस्टर १०२ (२ ) मा उम्मेद्वारी दर्ता गराएका हुन्  ।

काठमाण्डौ जिल्ला कमिटीका निवर्तमान सदस्य समेत रहेका श्रेष्ठ क्षेत्रीय कमिटी ,इलाका कमिटी र शाखा कमिटीमा लामो समयदेखि संगठित रहदै नेकपा एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय रहदै आएका छन।

राजनीति संगै सामाजिक सेवामा निरन्तर सक्रिय रहेका श्रेष्ठ चुनिखेल क्षेत्रमा रहेको बृहत खानेपानी आयोजनाको अध्यक्ष हुन् भने अन्य विभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।