प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसलमा क्वाटरफाइनल समीकरण पूरा

प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसलमा क्वाटरफाइनल समीकरण पूरा

कपन अनलाइन

काठमाडौं, जेठ १५।

प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको क्वाटरफाइनल समीकरण सोमबार पूरा भएको छ ।
भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको क्वाटरफाइनल टोखा एफसी र समृद्धि तथा भक्तपुर योङ्स र सेक्रेड हार्टबीच हुनेछ । अन्य क्वाटरफाइनलमा टिम बिस्टले विद्या आर्जन तथा घतराजले टिभ्स ‘ए’ संग खेलने छन् ।
प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक छात्रवृत्तिको पनि व्यवस्था रहेको छ ।

तपाइँको प्रतिक्रिया ।