तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल फाइनलमा

तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल फाइनलमा

कपन अनलाइन

काठमाडौं, जेठ १५।

फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ र चावहिल स्पोर्टस् क्लब ‘बी’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा फ्रिडम ‘ए’ ले चावहिल ‘ए’ लाई ५–१ गोलले पराजित गर्यो  । फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले २ तथा सरोज थापा, राजकुमार केसी र कमल विष्टले समान १–१ गोल गरे । चावहिल ‘ए’ का निमा लामाले सान्त्वना गोल फर्काए । फ्रिडम ‘ए’ का राजकुमार घिसिङ ‘म्यान अफ दि म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा चावहिल ‘बी’ ले फ्रिडम ‘बी’ लाई टाइब्रकेरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । चावहिल ‘बी’ का गोलरक्षक पञ्चनारायण महर्जन ‘म्यान अफ दि म्याच’ चुनिए ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छ ।

तपाइँको प्रतिक्रिया ।