नेकपा एमाले बुढानिलकण्ठ-११ कमिटिको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एमाले बुढानिलकण्ठ-११ कमिटिको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १३।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ  वडा नं. ११ कमिटीको आयोजनामा शनिवार वडा कमिटीका अगुवा कार्यकर्ताहरुको लागी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलीटब्यूरो सदस्य कृष्ण राई प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रममा ११ नं. वडा कमिटीका अध्यक्षकृष्ण प्रसाद भट्टराईले विविध विषयमा प्रशिक्षण दिएका थिए।

पोलिट ब्युरो सदस्य राईले  पार्टीको मार्गनिर्देशक सिद्धान्त विषयमा प्रशिक्षण प्रदान गरेका थिए भने  कमिटीका अध्यक्षकृष्ण प्रसाद भट्टराईले पार्टी परिचय तथा संगठन विस्तारमा पदाधिकारी र सदस्यहरुको भूमिका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए।

वडा नं ११  कमिटीका उपाध्यक्ष  प्रकाश कटुवालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ११ नं. वडाका ७० जना भन्दा बढी अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा काठमाडौं जिल्ला कमिटीका सदस्य तथा वडा नं.११ का वडाध्यक्ष राजु अधिकारी,नगर कमिटी उप सचिव सुनिता गुरुङ्ग, नगर कमिटीका सदस्यहरु तथा वडा कमिटी र टोल कमिटीका पदाधिकारीहरु र जनवर्गिय सगठनका पदाधिकारीहरु सहभागीहरु रहेका थिए।

कार्यक्रमआयोजना गरे सगै बुढानीलकष्ठ नगरपालीकावडा नं. ११ कमिटी अधिवेशन पश्चात वैचारीक प्रशिक्षण गर्ने नगरकै पहिलो कमिटी बनेको कमिटीका अध्यक्ष कमरेड कृष्ण प्रसाद भट्टराईले जानकारी दिएका छन  ।

उक्त कार्यक्रममा काठमाडौं जिल्ला कमिटीका सदस्य तथा वडा नं.११ का वडाध्यक्ष राजु अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै  विकास  निर्माण, योजना छनौट तथा समग्र वडावाट संन्चालन भएका सेवा सुविधाहरुको बारेमा जानकारी दिएका थिए।

वडा कमिटीका सचिव अँगुर पौडेलले संचालन गरेको कार्यक्रममा उप सचिवगितामिश्रले स्वागत मन्तब्य राखेकी थिईन् ।

 

 

तपाइँको प्रतिक्रिया ।