मुक्तक : गोपाल कुमार मैनाली

मुक्तक : गोपाल कुमार मैनाली

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

नहेरी देखेको दृश्य अचम्म छ
नभेटी भेटेको स्पर्श अचम्म छ
शब्दमा कसरी म बयान गरौं
नबोली बोलेको भाषा अचम्म छ ।।१।।

आँखा बयानमा गजल लेख्यौ साथी
आँखा तराईमा संसार देख्यौ साथी
परिधि छ साँगुरो प्राप्ति धेरै खोज्यौ
आँखाले डसेका घाइते भेट्यौ साथी ।।२।।

कुण्ठा पालेर नलेख कविता
डाहा लागेर नलेख कविता
अक्षर शक्ति अजम्वरी हुन्छ
अहं मारेर नलेख कविता ।।३।।

अगाडि जानेको खुट्टा नतान्नु
पछाडि फर्केर लात्ती नहान्नु
बिकास गर्ने यही सुत्र हुन्छ
दौडमा हार्छु कहिल्यै नठान्नु ।।४।।

तिम्रो प्रहारले भुतुक्कै नमरोस
शब्द प्रहारले खुत्रुक्कै नपरोस
मुक्तक लेखौं त चट्याङ परेजस्तो
श्रृजना शक्तिलाई हेला नगरोस ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।