गजल : लीलाराज दाहाल

गजल : लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

हरेक दिन जसो मर्दैछ यो शहर
बाँचे जस्तो मात्रै गर्दैछ यो शहर ।

हाहाकारमा सधैं रमाई रहन्छ
ईमानमा तल झर्दैछ यो शहर ।

हुनेलाई छ सधैं यहाँ मोजमस्ती
नहुनेलाई आँखा तर्दैछ यो शहर ।

ईमानदार कसरी बाँचुन बिचरा
अभावको जहर छर्दैछ यो शहर ।

कहाँ छ यहाँ खै, समान वितरण !
आफ्नै झोली मात्रै भर्दैछ यो शहर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।