जात : त्रिलोचन ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ , बैशाख ३१।
‘मुखबाट जन्मेका हुन’ वडाध्यक्ष भइसकेका उप्रेत लक्ष्मीपतिको ओठबाट खस्यो ।
सुन्दा बित्तिकै वडासदस्य रस्मी परियारको जिज्ञासा प्रस्तुत भयो– ‘कसको मुखबाट हो गुरुजी ?’
‘ब्रह्माजीको मुखबाट’ पुरेतको बोली सुनियो ।
‘मुखबाट पनि कोही जन्मन्छ ? को जन्म्यो मुखबाट ?’
‘प्रश्न पनि बुझेर गर्नुपर्छ के केटी ! सोधिहाल्यौ लौ सुन । ब्रह्माको मुखबाट ब्राह्मण जन्मे, बाहुबाट क्षेत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मे ।’
‘जान्ने बुझ्ने छु भन्नेले पनि नहुँदो कुरा गर्ने ? मान्छे जहाँबाट जन्मन्छ त्यो ठाउँको चर्चा छैन, नभएको नभएको ठाउँको कुरा गर्ने ? हजुरको मानसिक सन्तुलनको समस्या त होइन नि ?’
‘उत्ताउली केटी ! यस्तै उद्दण्ड भएका हुनाले भगवानले तिमीजस्तालाई सुद्र बनाएका हुन् ।’
‘मानिसलाई विभिन्न जातमा विभक्त गर्ने र त्यसकै आधारमा उच निच र अछुत बनाउने आधार के रहेछ ?’
‘वेद, पुराण र मनुस्मृतिका आधारमा भनेको छु ।’ उप्रेतले वेदका ऋचा पढेर सुनाए ।
उप्रेतको जवाफ पुरातत्वद्वारा अप्रमाणित भएको उल्लेख गरी अकाट्य प्रमाण सुन्नुहोस् भन्दै रश्मी परियारले भन्नुभयो – ‘स्त्रीलिङ्ग र पुलिङ्ग, जसजसका बिचमा यौन सहवास हुँदा सन्तान जन्मन्छन् त्यो एउटै जात हो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।