पाँच ग्रह : विजय रिमाल ( व्यंग्य कविता)

पाँच ग्रह : विजय रिमाल ( व्यंग्य कविता)

कपन अनलाइन

काठमाण्डौ,बैशाख ३०।

ज्योतिष ग्रन्थ
अनुसार नदेखिने नौ ग्रहले
मान्छेलाई जन्मेदेखि मृत्यु सम्म
कुनै न कुनै रूपमा दुःख दियी
राखेको हुन्छ भन्ने मान्यता छ ।।
पीडि़त ब्यक्ति बाध्य भएर ग्रह
शान्ति गर्न पूजा पाठ होमको
पछाडि लाग्ने चलन छ, तर नतीजा
सुन्य हुदै ठगिएको महसूस हुन्छ ।।
म बसेको देशको सन्दर्भमा केही
दशक एता मानवरूपी पाँच
शक्तिशाली नया ग्रहको उदय
भएको जनताले महसूस गरेका छनु ।।
जून ग्रहले देशको जनता बिदेश
पलायन हुन बाध्य भएका छन
पाऊदेखि सिर सम्मका वस्तु
बिहानदेखि बेलुकाको भोजन
सम्मका खाद्य बस्तु आयात गरी
भोगचलन गर्न बाध्य भएका छन
सामाजिक सद्भाव बिग्रिएका छन ।।
यी ग्रहहरूको एक आपसमा मेल
हुदा यी बलिया र अन्य उदाउन
खोज्ने ग्रह कमजोर भएका छन् ।
पाँच ग्रहको प्रभाव कमजोर बनाउन
जनताको दिव्य ज्ञान खुलेको दिन
नयाँ ग्रहको शान्ति स्वस्ति हूनेछ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।