प्रिय छोरी : केशव रेखा भट्ट ‘सागर’ (कविता)

प्रिय छोरी : केशव रेखा भट्ट ‘सागर’  (कविता)

कपन अनलाइन

काठमाडौं, फागुन १९।

ममतामहि कोखमा तिम्रो
पहिलो गोलको दर्सक बनेर
म जति खुसी भएको थिएँ !
त्यसको करोडौं खुसी त
त्यही मैदानकी मालिक
तिम्रै आमा थिइन ।
म त केवल संरक्षक थिएँ ।
हामीले धेरै गोल देखेपछी
तिमीले धेरै –धेरै खुसी देखाएकि थियौ ।
हामीलाई तिम्रो कालो केस
अनि चम्किलो अनुहारले
चांदनी दर्साउछ,
प्रिय छोरी !

निदाउंदै गर्दा तिम्रै
ओठबाट निस्कीएका
हावारुपी दुधे फोकाहरुवाट मात्र
डराउंछौ तिमी तर
तिमी डराएकी थिएनौ
तिम्रो जीवनले नवजिवन बनाउंदै गर्दा !
तिमी निडर छौ निडर हुनुपर्छ
र बन्नुपर्छ सगरमाथा जस्तै खम्बा
अनि धान्नुपर्छ चन्द्रशूर्य आकाशमा !
झुक्न नदिनु हाम्रो स्वाभिमान !
प्रिय छोरी
नेपाली !
तिमीलाई म बा को आशिर्बाद ।
जसरी मेरा बाले मलाई दिनुहुन्छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।