मेरो प्यारो लाहुरे : हेमा सुवेदी (कविता)
कपन अनलाइन
काठमाडौं, फागुन १९।
मेरो प्यारो लाहुरे,
तिमीले बीचमा भिसा थपिदिनाले
यहाँ के के बिग्रीयो
के के बाँझियो
कहाँ कहाँ पहिरो गयो
तिमीले कहिल्यै सोधेनौँ
कति जवाफ दिउ पुन्टेलाई
ऊ नजन्मदै उडेको तिमी
आज छ बर्ष पुगिसक्दा पनि
के बाबुको छुट्टी मिलेन भनिरहुँ ?
तिमीले यसरी निमोठ्नु हँुदैन थियोे,
उसको रङ्गिन बालपनका अबोध चाहानाहरु
कत्ति गुनासो गरोस् उसले,
भित्तामा टासिँएको चित्रसँग
मसँग चित्त नबुझ्दा,
कति पोल लावोस उसले
पल्लोघरको काकालाई
म चर्को स्वरमा बोल्दा
म दिक्क भएँ मेरो लाहुरे
तिमिले कहिल्यै बुझेनौ मेरो विवशता
तिम्रो अभावमा रोकिएको मेरा भावनालाई
तिमिले कहिल्यै बुझेनौ,
मात्र भिसा थपिरहेऊ थपिरहेऊ
फाटेको सम्बन्ध पैसाले टाल्ने भए नी लाहुरे
संसारमा कुनै सम्बन्ध फाट्ने थिएनन्
खोजेको माया पैसाले दिने भए नी लाहुरे
संसारमा कोही माया गर्ने नै थिएन
तिमिले अवमूल्यन ग¥यौ सम्बन्धको
तिमिले मुल्य बुझेनौ मायाको
मेरो शब्द कोषमा गुनासो गर्ने शब्द रित्तिएर
अलमल्ल परेकी छु
शिशिरको कोइलीजस्तै झोक्राइरहेकी छु
झोक्राइरहेकि छु
बसन्तको न्याउली बनेर पनि
बास्ने कला बिहिन छु
मेरो प्यारो लाहुरे
अब तिमिले पैसा हैन मेरो प्रत्येक प्रश्नहरुको उत्तर पठाउ
तिमिले पठाएको खर्चले किनेको फरिया किन फिका देख्छु
तिमिले पठाइदिएको लाली रङ बिहिन छ
शिशिरको सत्ताले विस्थापित जीवनका रङ्गिन पातहरु
बसन्तको आँगन र अँगालोमा कहिले पलाउँछ लाहुरे
पिडाको चोया काटेर मैले
सानो मायाको डोको बुनेको छु
जहाँ मेरा भावना र
पुन्टेको अबोध चाहानाले भरेर राखेको छु
मेरो प्यारो लाहुरे
अब तिमी आउ या नआउ तिम्रो खुशी
तिम्रो अभावमा प्रत्येक पल मरेर बाँच्दिन म
मेरो प्यारो लाहुरे !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक