सरस्वती पूजा की भेलेन्टाइन डे : अनिता भण्डारी (पौडेल)
सरस्वती पूजाको महत्व छैन यहाँ भेलेन्टाइनको बहार
ओहो के बिधि भरिएको उपहारै उपहारको बजार
उपहार दिनलाई खर्च गर्न सक्छन यहाँ हजारौं हजार
प्रेमको अर्थनै थाहा नहुनेलाई पनि थियो कस्तो हतार ।।
बिहानै उठी नुवाईधुवाई गरी एकछिन माताको ध्यान गर
उठ्दा उठ्दै छोराछोरी भन्छन पहिला हाम्रो खल्ती भर
पढ्Þने लेख्ने उमेर हो यो केही त पढाइमा मन लगाऊ
उल्टै थर्काउछन गाह्रो भए भन्नुस न भो पढ्न नजाऊ ।।
पश्चिमी हावाले नेपाललाई पनि हल्लाउन सम्म हल्लायो
आफ्नो रिति र संस्कारलाई हेर्दा हेर्दै फितलो गरायो
बाबु आमालाई संधै पिरलो घर कति बेला आउछन भनि
डराउछन् बिचरा ! उनीहरु केही उपद्रो गर्छन कि भनि ।।
अबेरसम्म सन्तान घर नआउदा बाबुआमा किन बोल्न सक्दैनन्
छटपट्टि मै कटाउछन् रात तर कहाँ गाथिस् सोध्न सक्दैनन
बाबु आमा नबोल्दा उनलाई अझै हौसला मिलेको ठान्छन
जे गरे नि हुने रहेछ भन्दै झन् ठूलै युद्द जिते झैँ मान्छन ।।
हिजोको उपहार त उसलाई आज फिर्ता आउछ ।
उस्ले मन पराएको मान्छे अर्कैको रहेछ थाहा पाउछ
प्रेमको अर्थ थाहा नपाई नपाई प्रेममा चुर्लुम्म डुब्नेहरु
क्षणिक आवेशमा आइ भन्छन अब म बाँचेर के गरूँ ?
अब हामी अभिभावकले बेलैमा सोच्ने बेला भएको छ
आफ्नो बालबालिकाको भविष्य कोर्ने बेला भएको छ
प्रेम गर्न सिकाउन पर्छ आफ्नै घरपरिवार र रितीरिवाजसंग
हरेक दिन हरेक समयको महत्व दिँदै अघि बढौ भइ दङ्ग ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक