भूमाफियाहरुको सपनामा तुषारापात,बुढानिलकण्ठ-८ को २७ रोपनी जग्गा बचाएका खरेल तयार होलान?

भूमाफियाहरुको सपनामा तुषारापात,बुढानिलकण्ठ-८ को २७ रोपनी जग्गा बचाएका खरेल तयार होलान?

कपन अनलाइन

काठमाण्डौ,फागुन ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको २७ रोपनी ८ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेर बेचबिखन गर्ने भूमाफियाहरुको सपनामा तुसारापात भएको छ।

वडा नं ८ सुन्दर टारपारि पट्टि रहेको कित्ता नम्बर १५५ को रहेको २७ रोपनी ८ आना जग्गा आफ्नो रहेको भन्दै दर्ताका लागि धनकुमारी कार्की खडकाले माग गरे संगै सो जग्गाका बारेमा अदालतमा मुद्दा परेको थियो।

काठमाण्डौ जिल्ला अदालत र पुनरावेदन अदालतले खडकाका पक्षमा जागा दर्ता गर्ने आदेश दिएको थियो जुन आदेशलाई सर्वोच्च अदालतले उल्टाई दिएको छ।

करोडौ मुल्यको सो सार्वजनिक जग्गा व्यक्तिको नाममा पारेर ठुलो आर्थिक चलखेल हुन् लागेको चर्चा नगरपालिकामा व्यापक बने संगै नगरपालिकाका पुर्व प्रमुख उद्दव खरेल सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले दुई तल्ला अदालतको निर्णय उल्टाई दिए संगै सो जग्गा ठुलो गिरोहको चलखेलबाट बचेको छ भने जिल्ला अदालतले २०७३ चैत २७ र पुनरावेदन अदालतले २०७५ माघ १९ गते गरेको फैसला उल्टी ठहर्ने आदेश समेत भएको छ।

स्थानीय राजनीतिक दल देखि जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुलाई प्रत्यक्ष जानकारी हुदाहुदै पनि पर्दा पछाडीबाट चलखेल गर्ने शक्तिशाली गिरोहका कारण ठुलो क्षेत्रफलको सार्वजनिक जग्गा गुम्ने खतरा रहेको भन्दै स्थानीय संचार मध्यमहरुले निरन्तर कलम चलाउदै आएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख उद्दव खरेलले सर्वोच्च्च अदालतको फैसला आए संगै आफ्नो सामाजिक संजालबाट साविक चपली गाविस ७ खको सो जग्गा बचेको भन्दै जानकारी समेत दिएका छन।

यो जग्गा संगै बुढानिलकण्ठ नगरपालिकाका धेरै स्थानमा सार्वजनिक जग्गा अपचलन र कब्जा भएको विभिन्न प्रतिवेदन र तथ्यांकहरुले प्रस्ट देखाएका छन। २०२१ सालको नापीका अनुसार सार्वजनिक जग्गा खोज्ने अभियानका लागि नगरपालिका सार्वजनिक जग्गा संरक्षण तथा अध्ययन समिती गठनको तयारीमा रहेको छ।

अहिले बुढानिलकण्ठमा सो शक्तिशाली समितीको नेतृत्वका बारेमा पनि बहस शुरु भएको छ। मिचिएका ,हराएका र कब्जा गरिएका सार्वजनिक जग्गाहरुको पहिचान ,अभिलेखीकरण र संरक्षण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो समितीको नेतृत्व गर्न  उद्दव प्रसाद खरेल तयार बन्लान ?  यो प्रश्न अहिले नगरपालिकामा चलिरहेको छ।

यस अघि पनि नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितीको नेतृत्व गरेका खरेल सो बेला तयार पारेको प्रतिवेदन हाल सम्म औपचारिक रुपमा सार्वजनिक नभएपनि भूगोलको ज्ञान र सुचना संग परिचित रहेका कारण उपयुक्त पात्र हुन् सक्ने अनुमान गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।